काठमाडौँ — नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
टाइम्स ‘ए’, राइभल इन्डिया, आर्मी ‘बी’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेका छन् । क्वाटरफाइनलमा टाइम्सले गोल्डेनगेट कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, आर्मी ‘बी’ ले हाउन्ड्स तथा राइभल पाकिस्तानले एसवाईएमलाई पराजित गरेका थिए ।
सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा आर्मीले राइभल पाकिस्तानको सामना गर्नेछन् । स्पर्धा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भइरहेको छ ।
प्रतियोगितामा नेपालबाट २२, बंगलादेशबाट ४, भारतबाट ३ र पाकिस्तानबाट १ टिम सहभागी सहभागी छन् ।
