काठमाडौँ — आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
हेराल्डले साउथ वेस्टर्नलाई ६४–५८ स्कोरले पराजित गर्यो । हेराल्डका बुद्ध सुनारले १९ स्कोर जोडे । सेमिफाइनलमा हेराल्डको भेट ग्रिनफिल्डसंग हुनेछ । ग्रिनफिल्डले लालीगुराँस नेसनल एकेडेमीलाई ८९–५२ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले १८ स्कोर गरे ।
आयोजक हेराल्ड कलेजमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट र जेभियरले पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराएर सेमिफाइनल भिडन्त पक्का गरे । गोल्डेनगेटले मनास्लुमाथि ५१–४५ को जित रच्यो । गोल्डेनगेटका युवराज तामाङले १८ स्कोर बटुले । जेभियरले एन्जल्स हार्टको चुनौती ६३–४१ ले समाप्त पार्यो । जेभियरका लक्की महर्जनले १५ स्कोर जोडे ।
