काठमाडौँ — फागुन पहिलो सातादेखि राजधानीमा फोर नेसन्स कप महिला फुटबल च्याम्पियनसिप हुने भएको छ ।
उक्त प्रतियोगिता दशरथ रंगशालामा फागुन ५ देखि १४ सम्म हुनेछ । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर मिडिया ग्रुपअन्तर्गत कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।
उक्त च्याम्पियनसिपको मार्केटिङसम्बन्धी अधिकार एडी रिलिजले पाएको छ । कान्तिपुर मिडिया ग्रुपका बजार व्यवस्थापक सागर केसी र एडी रिलिजका मार्केटिङ निर्देशक शंशाक पोखरेलले सोमबार मार्केटिङ राइट्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रतियोगिताको सम्पूर्ण मार्केटिङ अधिकार एडी रिलिजसँग रहनेछ ।
उक्त च्याम्पियनसिपमा नेपालसहित लेवनान, म्यानमार र किर्गिस्तान रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस च्याम्पियनसिपलाई एसिया कप छनोटको तयारीको रूपमा लिएको छ । दशरथ रंगशालामा फागुन ५ गते हुने उद्घाटन खेलमा लेबनान र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । नेपालले सोही दिन फ्लडलाइटमा हुने खेलमा किर्गिस्तानको सामना गर्नेछ ।
