पुलिसलाई भलिबल उपाधि 

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Volleyball title to police

पाल्पा — नेपाल पुलिस क्लबले रामपुरमा आयोजित रामपुर महोत्सव कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाइनलमा पुलिसले एपीएफ क्लबलाई २५–२१, २५–१२, २५–२२ को सेटमा हराएको हो ।

पुलिसले २ लाख २२ हजार २२२ रुपैयाँ र एपीएफले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाए । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले ५५ हजार ५५५ रुपैयाँ पायो ।

प्रतियोगितामा तीन विभागीयसहित ६ क्लबको सहभागिता रहेको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully