युडिनेजीसँग नेपोलीको निराशानजक बराबरी

माघ २८, २०८१

कान्तिपुर संवाददाता

Napoli's disappointing draw with Udinese

काठमाडौँ — नेपोलीले इटालीको सिरी ‘ए’ मा आइतबार युडिनेजीसँग १–१ को निराशाजनक बराबरी खेलेको छ । स्टाडियो डिएगो आरमन्डो म्याराडोनामा आत्मसात् गरेका यो नतिजापछि नेपोलीले शीर्षमा छ अंकको अग्रता खोल्न असफल रह्यो ।

एन्टोनियो कोन्टेको टिमले लिगमा बराबरी खेलेको यो लगातार दोस्रो खेल हो । नेपोलीको ३४ खेलबाट ५५ अंक छ । उसको ठीक पछाडि एक खेल कम खेलेको इन्टर मिलान ५१ अंकमा रहेका छ । सोमबार इन्टरले फियोरेन्टिनाको सामना गर्दैछ ।

स्कट म्याकटोमनीले ३७ औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएको थियो । तर यो लामो समय टिकेन र ४० औं मिनेटमा युडिनेजीका लागि योगर्न एकलेनक्याम्पले बराबरी गोल फर्काए । 

कान्तिपुर

Link copied successfully