भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Veteran Athletics Team to Thailand

काठमाडौँ — थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९ औं संस्करणमा भाग लिन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ जाने भएको छ ।

फेब्रुअरी १२ मा हुने प्रतियोगितामा कृष्णप्रसाद सिग्देल, गिर्वाणविक्रम शाह, सुनिल शाक्य, नरेन्द्रमान श्रेष्ठ, अशोक विष्ट, गौतम माझी, सुनिलकुमार लालवानी, शंकर शाह र गोविन्दबहादुर थापालले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा भैरव शाही र अफिसियलमा सची शाह छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully