हेराल्ड कपमा नामी र सीसीआरसी विजयी

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Nami and CCRC win the Herald Cup

काठमाडौँ — नामी र सीसीआरसीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित पाएका छन् ।

हेराल्ड कलेजमा भइरहेको प्रतियोगितामा नामीले ब्रिटिस गुर्खाजलाई ३८–३१ स्कोरले पराजित गर्‍यो । नामीका टासी शेर्पाले १४ स्कोर जोडे । सीसीआरसीले ग्रिनफिल्डलाई ५८–५४ ले हरायो । सीसीआरसीका निम्ति तुसार महर्जनले १८ स्कोर गरे ।

जेभियर कलेजले साउथ वेस्टर्नलाई ७८–७०, मनास्लुले ओरियन्टलाई ३९–३३, साइपाल एकेडेमीले फ्लोरोसेन्टलाई ६२–५७, युनिग्लोबले न्युटनलाई ३७–३३ र लालीगुराँस नेसनल एकेडेमीले गोल्डेनगेटलाई ५१–४५ ले हराए । जेभियरका आशिष मगरले २०, मनास्लुका कोसिश भुजेलले १८, साइपालका अनिल भण्डारीले २९, युनिग्लोबका सक्षम शाहीले १५ र लालीगुराँसका प्रज्ज्वल बस्नेतले २१ स्कोर जोडेका थिए ।

कान्तिपुर

Link copied successfully