लेस्टरमाथि युनाइटेडको साँधुरो जित

माघ २६, २०८१

कान्तिपुर संवाददाता

United's narrow win over Leicester

काठमाडौँ — ह्यारी म्यागुएरले खेलको अन्त्यतिर गरेको गोलको मद्धतले म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरणमा शनिबार लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । लेस्टरका प्रशिक्षक रुद भान निस्टलरोयका लागि ओल्ड ट्रायफोर्डको भ्रमण सुखद रहेन ।

निल्टलरोय युनाइटेडका पूर्व खेलाडी तथा प्रशिक्षक हुन् । प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता लिएको थियो । जोसुआ जिर्कजीले युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफको इन्ज्युरी समयमा म्यागुएरले हेडबाट निर्णायक गोल गरेका हुन् । गोलको अवसरमा उनी अफसाइड रहेका थिए, तर एफएकपको यो चरणमा ‘भार’ लागू नभएको हुनाले गोलले मान्यता पाएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully