सांग्रिला र ब्राइट होराइजन विजयी

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Sangrila and Bright Horizon won

काठमाडौँ — सांग्रिला पब्लिक स्कुल, सैनिक आवासीय महाविद्यालय सल्लाघारी र ब्राइट होराइजन चिल्ड्रेन्स होमले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शुक्रबार जित पाएका छन् ।

सांग्रिलाले आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुरमा जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरलाई ७–४ गोलले हरायो । सांग्रिलाबाट गोरख तामाङ, समीर खड्का, जीवन ब्लोनले २–२ र विकेक शाहीले १ गोल गरे । जनसेवाबाट मिलन सहकारीले ह्याट्रिक गरे भने एक गोल गोकर्ण बडवानको नाममा रह्यो ।

सैनिकले जेम्स स्कुललाई २–१ ले हरायो । विजेताका सफल थापामगर र अविराज महत तथा जेम्सबाट शुभहाङ मादेनले गोल गरे । ब्राइट होराइजनले नेपाल पुलिस स्कुल साँगालाई ३–१ ले हरायो । ब्राइट होराइजनबाट प्रवेश शाही, विनोद गुरुङ र सन्देश महत्वले १–१ गोल गरे । पुलिसबाट दिप्सन पाण्डेले एक गोल गरे । आआफ्नो खेलमा जीवन ब्लोन, सफल थापामगर र हेमराज शाही उत्कृष्ट खेलाडी बने ।

कान्तिपुर

Link copied successfully