पीएसजी उपाधितर्फ अग्रसर

माघ २६, २०८१

कान्तिपुर संवाददाता

PSG on their way to the title

काठमाडौँ — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा मोनाकोलाई सजिलै ४–१ ले पराजित गरेको छ र यससँगै उसले लिग उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ । यो नतिजापछि पीएसजीको २१ खेलबाट ५३ अंक भएको छ ।

यो दोस्रो स्थानमा रहेको मार्सेमाथि १३ अंकको ठूलो बढ्त हो । एक खेल कम खेलेका मार्सेको ४० अंक छ । पीएसजीको यस सिजन लिगमा यो १६ औं जित हो । पीएसजीको यस जितमा ओसमन डेम्बेलेले दुई गोल गरे ।

गोलको खाता भने छैटौं मिनेटमा भिटिन्हाले खोलेका थिए । यस्तै दोस्रो गोल नयाँ अनुबन्धित खेलाडी कभारा कभारसाखालियाले गरे । मोनाकोबाट सम्भव भएको एक मात्र गोल डेनिस जाकिराको नाममा रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully