काठमाडौँ — टिपटोए स्पोर्टस एकेडेमीको आयोजनामा शनिबार अर्जुन मेमोरियल यू–१२ फुटसल २०२५ हुने भएको छ । उमेर समूहमा फुटसलको माध्यमबाट फुटबल विकास गर्ने उद्देश्यले हुने प्रतियोगिता लिग कम नआउटका आधारमा हुनेछ ।
कुल नौ टिमको सहभागिता रहेको प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ र कुल १९ खेल हुनेछन् । समूह ‘ए’ मा टिपटोए स्पोर्टस एकेडेमी–ए, क्रिप्स एकेडेमी, एफसी खुमलटार र नोभल फुटबल एकेडेमी छन् ।
यस्तै समूह ‘बी’ मा स्टुडेन्ट्स एफसी, फुटबल एकेडमेी नेपाल, हिमालयन ड्रिमर्स, नेप्स प्लस–टु र टिपटोए स्पोर्टस एकेडेमी–बी रहेका छन् । लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुईमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।
