काठमाडौँ — फियोरेन्टिनाले इटालीको सिरी ‘ए’ मा बिहीबार इन्टर मिलानमाथि ३–० को प्रभावशाली जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन इन्टरका लागि यो स्तब्धपूर्ण हार रह्यो । यो जितले फियोरेन्टिना भने अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भयो ।
उसको यो जितमा मोसे केनले दुई गोल गरे भने एक गोल लुका रेनेरीको नाममा रह्यो । खेलका तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रेनेरीले ५९ औं मिनेटमा गोलको खाता खोलेपछि केनले ६८ र ८९ औं मिनेटमा एक एक गोल गरे ।
यो नतिजापछि फियोरेन्टिनाको २३ खेलबाट ४२ अंक भएको छ । इन्टर भने समान खेलबाट ५१ अंकमा दोस्रो स्थानमा रहेको छ । उसले फियोरेन्टिनालाई हराएको भएर शीर्ष स्थान हात पार्न सक्ने थियो । नेपोली ५४ अंकमा पहिलो स्थानमा छ ।
