विद्यालय फुटसल प्रतिस्पर्धा सुरु

माघ २४, २०८१

कान्तिपुर संवाददाता

School futsal competition begins

काठमाडौँ — गुरुकुलम स्कुलको आयोजनामा पहिलो फुटसल प्रतियोगिता बिहीबार सुरु भएको छ । प्रतियोगितामा १६ विद्यालयका करिब २ सय विद्यार्थीले भाग लिएका छन् । प्रत्येक ४ समूहमा ४ टोलीले लिगकम नकआउटका आधारमा खेल्नेछन् ।

आइडियल मोडल स्कुललाई ४–० ले, युनिक स्कूललाई २–१ ले र एलए स्कूललाई २–२ गोलको बराबरीमा रोक्दै मोडर्न इन्डियन स्कूल समूहको शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ ।

क्याम्पियन, एक्टिभ, हार्टल्यान्ड, कौशल, नेबरहुड, केएमसी र युनिक स्कुल पनि क्वाटरफाइनलमा पुगेका छन् । शुक्रबार नकआउट प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully