न्युकासल लिगकप उपाधिको नजिक

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Newcastle close to the League Cup title

काठमाडौँ — न्युकासल युनाइटेडले आर्सनललाई बुधबार सजिलै २–० ले पराजित गर्दै लिगकपको फाइनलमा प्रवेश गरेको छ । पछिल्ला तीन सिजनमा न्युकासल लिगकपको फाइनल पुगेको यो दोस्रो पल्ट हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासललले ज्याकोब मर्फिको गोलले अग्रता लिएका थियो ।

त्यसपछि एन्थोनी गोरडोनले दोस्रो गोल थपे र दुई लेगको सेमिफाइनलमा न्युकासल समग्रमा ४–० ले अगाडि रह्यो । आर्सनलमाथि यो सिजन न्युकासलको यो तेस्रो जित हो । अब उसले फाइनलमा लिभरपुल अथवा टोटनहममध्ये एकको सामना गर्नेछ ।

अर्को सेमिफाइनलमा टोटनहम १–० ले अगाडि छ र बिहीबार एनफिल्डमा दोस्रो लेगको सेमिफाइनल हुँदैछ । एडी हाउको न्युकाससामु सन् १९६९ यता पहिलो ठूलो उपाधि जित्ने अवसर बनेको छ । सन् २०२३ को लिगकप फाइनलमा न्युकासल म्यानचेस्टर युनाइटेडसँग पराजित रहेको थियो ।

यस्तै न्युकासल सन् १९७४, १९९८ र १९९९ को एफएकप फाइनलमा पनि पराजित रहेको थियो । उसले सन् १९५५ मा अन्तिम पटक कुनै ठूलो उपाधि जितेको थियो र यो त्यस वर्षको एफएकप उपाधि रहेको छ । 

कान्तिपुर

Link copied successfully