रियल कोपा डेल रेयको सेमिफाइनलमा

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Real in the semi-finals of the Copa del Rey

काठमाडौँ — युवा खेलाडी गोन्जालो गार्सियाले ९३ औं मिनेटमा गरेको गोल मद्धतले रियल म्याड्रिडले बुधबार लेगानेसलाई ३–२ ले पराजित गरेको छ र कोपा डेल रेयको सेमिफाइलनमा प्रवेश गरेको छ ।

रियलले सुरुमै लुकाडा मोडरिच र एन्डरिकेको गोलले अग्रता लिएको थियो ।

त्यसपछि लेगानेसका लागि जुवान क्रुजले दुई गोल फर्काए र खेल रोमाञ्चक बराबरीको स्थितिमा रहेको थियो । खेल अतिरिक्त समयतर्फ अग्रसर रहेको बेला २० वर्षीय फरवार्ड गोन्जालोले निर्णायक गोल गरे । रियलले आफ्ना दुई प्रमुख खेलाडी केयलिन एमबापे र जुड वेलिङघमविना खेलेको थियो ।

जितपछि रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले गोन्जालोको प्रशंसा गरे । उनले भने, ‘गोन्जालोले पछिल्लो समय धेरै राम्रो खेलेका छन् र रियलको पहिलो रोजाईको टिमका लागि बलियो चुनौती पेस गरेका छन् । युवा खेलाडीको यस्तो प्रदर्शनले हामीलाई उत्साहित बनाउने गर्छ ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully