हाङथुम कप : धनकुटा सेमिफाइनल प्रवेश

माघ २४, २०८१

दीपेन्द्र शाक्य

Hangthum Cup: Dhankuta semi-final entry

संखुवासभा — रामेछापको लिखुभुजी क्लब र धनकुटाको डाँडागाउँ युथ संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको सेमिफाइनलमा भिड्ने भएको छ । बिहीबारको खेलमा संखुवासभाको न्यू युथलाई १–० गोलले हराउँदै धनकुटाले सेमिफाइनल यात्रा तय गरेको हो ।

धनकुटाको तर्फबाट सन्दिप लिम्बुले दोस्रो हाफको ७ औं मिनेटमा गरेको गोलले सेमिफाइनलको यात्रामा पुर्‍याएको हो । 

शुक्रबार सेमिफाइनलका दुई खेल हुने आयोजक हाङथुमका अध्यक्ष असिम जिमीले बताए । उनका अनुसार झापाको चुलाचुली स्पोर्टिङ र सिर्जना युथबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको फाइनल माघ २६ मा मादी नगरपालिका-३ मूलखर्कमा हुनेछ । 

प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी छन् । 

दीपेन्द्र शाक्य

Link copied successfully