काठमाडौँ — ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गर्ल्स बास्केटबलमा बिहीबार जित पाएको छ ।
आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ग्यालेक्सीले राई स्कुललाई १७–२, चाँदबाग ले निःसर्ग वाटिकालाई १४–११ र स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई २२–६ ले पराजित गरे । ग्यालेक्सीकी छिरिङ शेर्पाले १०, चाँदबागकी सम्भवी महतले ८ र स्वर्णिमकी नितिशा महर्जनले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमा निःसर्ग बाटिकाले ग्यालेक्सीलाई १७–१३, बेबी एन्जलले रेडियन्ट रिडर्सलाई २४–१२ र पुष्पसदनले स्वर्णिमलाई २५–१९ ले हराए । निःसर्गका अर्नव खत्रीले ९, बेबी एन्जलका रुपकले ६ र पुष्पसदनका सम्राट लामाले १० अंक जोडे ।
त्यस्तै ब्वाइज फुटसलको यू–९ मा आयोजक एक्सेल्सियरले विद्यावाणीलाई ५–२ गोलले पराजित गर्यो । ग्यालेक्सीविरुद्धको खेलमा भने विद्यावाणी ६–० गोलले विजयी भयो । यू–१६ मा ग्यालेक्सीले एक्सेल्सियरलाई २–० तथा न्यु एराले रिब्सलाई ३–२ गोलले हराए ।
यू–११ मा जोन डेवीले ग्यालेक्सीलाई ९–१, राई स्कुलले संस्कृति इन्टरनेसनल स्कुललाई ३–१ र स्वस्तिश्री गुरुकुलले बोधी वृक्षलाई ८–० गोलले पाखा लगाए । यू–१४ मा विद्यावाणीले राई स्कुलाई ७–१ र जोन डेवीलाई ३–१ तथा राई स्कुलले जोन डेवीलाई ३–२ गोलले हराए ।
