सशस्त्र आईजीपी ट्रफीमा ब्राइट होराइन विजयी

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Bright Horine wins the Armed IGP Trophy

काठमाडौँ — दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको बिहीबारको खेलमा ब्राइट होराइन चिल्ड्रेन्स होम विजयी भएको छ । टोलीले बाघभैरव सेकेन्डरी स्कुललाई २–० ले पराजित गर्‍यो ।

नेपाल एपीएफ स्कुल कीर्तिपुरमा भएको खेलमा ब्राइट होराइनबाट कैलाश आलेमगर र प्रवेश ठकुरीले १–१ गोल गरे । विजेताका विनोद गुरुङ उत्कृष्ट खेलाडीमा चुनिए । डीएभी सुशील केडिया स्कुल जावलाखेल र नेपाल एपीएफ स्कुल कोहलपुरबीचको दोस्रो खेल ३–३ गोलको बराबरीमा टुंगिएको छ ।

डीएभीबाट अनुज थापाले २ र मानस बमले १ गोल गरे । एपीएफ कोहलपुरको तर्फबाट मिराज सुनारले ह्याट्रिक गोल गरे । उनी खेलको उत्कृष्ट खेलाडीमा चुनिए ।

कान्तिपुर

Link copied successfully