चुलाचुली झापा हाङथुम कपको अन्तिम चारमा 

माघ २३, २०८१

दीपेन्द्र शाक्य

Chulachuli Jhapa in the last four of the Hangthum Cup

संखुवासभा — चुलाचुली स्पोर्टिङ क्लब झापा संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको अन्तिम चारमा प्रवेश छ । बुधबार भएको खेलमा एड्भान्स क्लब संखुवासभालाई २–१ गोलले हराउँदै चुलाचुली अन्तिम चारमा प्रवेश गरेको हो । 

एड्भान्स क्लबका विवेक राईले खेल सुरु भएको दोस्रो मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका थिए । लगत्तै चुलाचुलीका तर्फबाट तीर्थ बस्नेतले ७ औं मिनेटमा गोल फर्काए र खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको ७ औं मिनेटमा चुलाचुलीका तर्फबाट तीर्थ बस्नेतले अर्को गोल थपे । उनको सोही गोल निर्णायक बनेको थियो । हारसँगै एड्भान्स प्रतियोगिताबाट बाहिरियो भने चुलाचुलीले सेमिफाइनल यात्रा तय गरेको छ ।

बिहीबार धनकुटाको डाँडागाउँ र संखुवासभाको न्यू युथबीच चौथो खेल हुनेछ । प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् । 

प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल माघ २६ मा मादी नगरपालिका-३ मूलखर्कमा हुनेछ । 

दीपेन्द्र

Link copied successfully