एटलेटिको कोपा डेल रेको सेमिफाइनलमा

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Atlético in the semi-finals of the Copa del Rey

काठमाडौँ — जिलियानो सिमोनीको दुई गोलको मद्दतले एटलेटिको म्याड्रिडले मंगलबार गेटाफेलाई ५–० ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एटलेटिकोले पछिल्लो समय गरिरहेको उत्कृष्ट प्रदर्शनमा सिमोनीको ठूलो हात रहेको छ ।

उनी टिमका प्रशिक्षक डिएगो सिमोनीका छोरा समेत हुन् । अन्तिम आठको एकपक्षीय खेलमा एटलेटिकोको प्रदर्शन उत्क्ष्ट्ट रह्यो । सिमोनीले ८ र १७ औं मिनेटमा गोल गरे । त्यसपछि स्यामुएल लिनो, एन्जेल कोरोआ र एलेक्जान्डर सोरलोथले एक एक गोल थपे । 

‘म आफ्नो व्यक्तिगत प्रदर्शन र टिमको यो जितमा निकै खुसी छुं,’ सिमोनीले खेलपछि प्रतिक्रिया दिएका छन्, ‘मैले आफ्नो खेलको सुधारमा अझै मिहिनेत गर्नु पर्ने हुन्छ ।’ एटलेटिकोले अन्तिम पटक सन् २०१३ मा स्पेनी घरेलु फुटबलको यो कप जितेको थियो ।

अब अन्य अन्तिम आठको खेलमा रियल म्याड्रिडले लेगानेस, रियल सोसिडाडले ओसासुना तथा ३१ पल्टको कीर्तिमान विजेता बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्नेछ । 

कान्तिपुर

Link copied successfully