नेपालविरुद्ध थाइल्यान्डको ब्याटिङ

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Thailand batting against Nepal

काठमाडौँ — नेपालले त्रिकोणात्मक महिला ट्वान्टी २० क्रिकेट शृंखलामा मंगलबार थाइल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले रचना चौधरीलाई ‘डेब्यु’ गर्न दिएको छ । मलेसियामा हालै सम्पन्न आईसीसी यू-१९ विश्वकपमा राम्रो प्रभाव पारेकी रचनालाई कविता कुँवरको स्थानमा ल्याइएको छ । कविता शृंखलाको दोस्रो खेलमा ढाँडमा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

त्यस्तै रोमा थापाको स्थानमा नेपालले भेट्रान सीता रानामगरको स्थानमा खेलाइएको छ । सीताले पछिल्लो खेलमा ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् ।

नेपाल पहिलो ३ खेलमा पराजित भइसकेको छ । थाइल्यान्डसँगको यसअघिको खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । त्यसबाहेक नेपाललाई नेदरल्यान्ड्सले दुई खेलमा क्रमशः २० र १५ रनले पराजित गरेको थियो । थाइल्यान्डले खेलेको सवै ३ खेल जितेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully