संखुवासभा — संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबलमा सोमबार सुनसरीको सिर्जना युवा क्लब विजयी भएको टो ।
सिर्जनाले संखुवासभाको मिर्मिरे क्लबलाई ३–१ गोलले हराएको छ । कोशी प्रदेशका ८ टिम सहभागी रहेको अध्यक्ष असिम जिमीले बताए । विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन् ।
