नेसनल हाइस्कुलको फाइनल चरण बुधबारदेखि

माघ २२, २०८१

कान्तिपुर संवाददाता

National High School finals from Wednesday

काठमाडौँ — हाइप यति इभेन्ट्सको आयोजना र ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी भइरहेको नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को फाइनल चरण बुधबारदेखि सुरु हुँदै छ । तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतियोगितामा देशभरका ७ क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज र हिमालय एकेडेमी छन् । यस वर्ष विभिन्न कठिनाइका कारण सुर्खेत छनोट हुन नसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका निर्देशक रवीन्द्र गुप्ता र व्यवस्थापक कपिल भण्डारी हुन् । प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।  

कान्तिपुर

Link copied successfully