पुष्पराज स्मृति टेटे अन्तिम साता

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Pushparaj Smriti Tete last week

काठमाडौँ — खोल्चा पुखु खेलकुद समितिको आयोजनामा हुने प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजक समितिका अध्यक्ष नदिमरत्न शाक्य र वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे । माघ २४ देखि २६ सम्म हुने प्रतियोगिता गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ । ललितपुर जिल्ला टेबलटेनिस संघको प्राविधिक सहयोग र स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा स्पर्धा रात्रिकालीन हुनेछ ।

कान्तिपुर

Link copied successfully