हिमालयन ‘ए’ ले जित्यो केसीए यू–१४ क्रिकेट उपाधि

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Himalayan 'A' won the KCA U-14 cricket title

काठमाडौँ — हिमालयन क्रिकेट एकेडेमीले केसीए यू–१४ क्रिकेट प्रतियोगिता जितेको छ । सोमबार फाइनलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराएर उपाधि जितेको हो ।

९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७‍.५ ओभरमा सबै विकेट गुमाएर ३६ रनमात्रै बनाउन सक्यो । गञ्च्याङ मिश्र र आरोनजंग गिरीले समान ११ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रन जोडे । हिमालयनले ५० हजार र ओएिससले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

सर्वाधिक १० विकेट लिएका हिमालयन ‘ए’ का सौगात धामी वेस्ट बलर भए भने वेस्ट ब्याटर केविन दैलियल र प्लेयर अफ द सिरिज हिमालयनका जयन्द्र विष्ट चुनिए । तीनै विधाका खेलाडीले समान ५ हजार पाए ।

खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पुरस्कृत गरे । क्यान उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन गरेका थिए ।

कान्तिपुर

Link copied successfully