एक्सेल्सियर कप खेलकुद बुधबारदेखि

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Excelsior Cup Sports from Wednesday

काठमाडौँ — द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए ।

ब्वाइज फुटसलमा चार उमेर समूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यू–९ मा ९, यू–११ मा १४, यू–१४ मा १२ र यू–१६ मा १२ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । बास्केटबल सिनियर ब्वाइजमा १६ र गर्ल्समा १२ टिमले भाग लिने बास्केटबल प्रशिक्षक आशिष महर्जन बताए ।

ग्रासरुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यू–९ उमेर समूहको फुटसल पहिलो पटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए । खेल स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।

कान्तिपुर

Link copied successfully