गुरुकुलम‍्मा अन्तर विद्यालय फुटसल हुने

माघ २१, २०८१

कान्तिपुर संवाददाता

There will be inter-school futsal in Gurukulamma

काठमाडौँ — गुरुकुलम् स्कुलले पहिलो अन्तर विद्यालय फाइभ ए साइड फुटसल प्रतियोगिता गर्ने भएको छ ।

स्वयम्भूस्थित सीतापाइला चोकमा माघ २४ र २५ गते आयोजना हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालयका झन्डै २ सय प्रतिभाशाली युवा खेलाडीले भाग लिनेछन् ।

यस प्रतियोगिताले सहभागी विद्यालयबीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धात्मक भावनालाई बढावा दिएर विद्यार्थीलाई आफ्नो फुटसल सीप प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने लक्ष्य राखिएको प्रिन्सिपल दीपेन्द्रराज ढकालले बताए ।

खेलहरू लिगकम नकआउटका आधारमा हुनेछन् । अन्तरविद्यालय सम्बन्धलाई बलियो बनाउन र शिक्षामा खेलकुदको महत्त्वलाई प्रवर्द्धन गर्न यस प्रतियोगिताले टेवा पुग्ने गुरुकुलम‍्को विश्वास छ ।

कान्तिपुर

Link copied successfully