काठमाडौँ — इटालीको सिरी ए मा आइतबार एएस रोमा र नेपोलीबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । एसी मिलान र इन्टर मिलानबीचको डर्बी खेल पनि १–१ को बराबरीमै रह्यो । इन्टरले नेपोलीको खेलेको बराबरीको फाइदा लिन सकेन् ।
यी नतिजाका कारण नेपोली २३ खेलबाट ५४ अंकमा शीर्ष स्थानमै कायम रह्यो । डिफेन्डिङ च्याम्पियन इन्टर भने ५१ अंकमा दोस्रो स्थानमा रह्यो । नेपोलीले लियोनार्डो स्पिनजोलाको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।
तर दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा रोमाका लागि एन्जेलिनोले बराबरी गोल फर्काए । अर्को खेलमा मिलानले टिजानी रेजेन्डर्सको गोलले अग्रता लिएपछि स्टेफान डे रिजले दोस्रो हाफको अन्त्यतिर बराबरी गोल गरे ।
अर्को खेलमा युभेन्ट्सले इम्पोलीलाई सजिलै ४–१ ले हरायो ।
