काठमाडौँ — नेपालका भूपेन्द्र गुरुङले ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जितेका छन् । अमेरिकाको एटलान्टिक सिटीस्थित ट्रोपिकानोमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक विधामा स्वर्ण जितेका हुन् ।
उनले कुङ्फु फम्सको छान् छ्वान र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा नेपाल, क्यानडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको जनाइएको छ । भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ छन् ।
नोभेम्बरयता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि भूपेन्द्रले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत पदक जितेका थिए ।
