एम्पुटी फुटबल टोली ढाका जाने

माघ २१, २०८१

कान्तिपुर संवाददाता

Amputee football team to Dhaka

काठमाडौँ — एसियाली एम्पुटी फुटबल प्रतियोगितामा भाग लिन १३ खेलाडीसहित २० सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशको ढाका जाने भएको छ ।

फेब्रुअरी ५ देखि १२ सम्म हुने प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहनेछ ।

नेपालका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदिप चापागाईं, राज पौडेल र प्रकाश सिंह छन् ।

प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् । टोलीलाई सफलताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully