एपीएफ र पुलिस स्कुल विजयी

माघ २१, २०८१

कान्तिपुर संवाददाता

APF and Police School won

काठमाडौँ — दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा सोमबार नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल, साँगा विजयी भएका छन् ।

घरेलु भूमिमा एपीएफ स्कुलले राराहिल मेमोरियल स्कुल कीर्तिपुरलाई ४–१ ले हरायो । एपीएफबाट मिसन केसी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले १–१ गोल गरे ।

दोस्रो खेलमा पुलिस स्कुलले बाघभौरव सेकेन्डरी स्कुललाई ४–० गोलले पराजित गर्‍यो । विजेताका रोनी वीरविक्रम शाहले २, प्रिन्स पौडेलले १ गोल गरे । एक गोल आत्मघाती थियो ।  

कान्तिपुर

Link copied successfully