इस्पनयोलसँग रियल स्तब्ध

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Real shock with Espanyol

काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार इस्पनयोलको हातबाट १–० को स्तब्धपूर्ण हार बेहोरेको छ । यो हारले लिग तालिकाको शीर्ष स्थानमा रियलको अग्रता एकै अंकमा सीमित रह्यो ।

इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोलका लागि यो तीन अंक बहुमूल्य रहनेछ । त्यस अगाडि एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २–० ले हराएको थियो । अब अर्को साता म्याड्रिड डर्बीमा रियल र एटलेटिको नै भिड्नै छन् ।

अन्य खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई ५–१ ले हरायो भने गेटाफे र सेभियाले गोलरहित बराबरी खेले । भिल्लारियल अंक तालिकाको पाँचौं स्थानमा छ । 

कान्तिपुर

Link copied successfully