युनाइटेड र टोटनहम अन्तिम १६ मा

माघ १८, २०८१

कान्तिपुर संवाददाता

United and Tottenham in the last 16

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रोमानियका एफसीसीबीलाई २–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष आठमा रहेर अगाडि बढ्न सफल रह्यो ।

डिएगो डालोट र कोबी मइनुको गोलको मदतले बुडापेस्टमा भएको खेलमा युनाइटेड विजयी रहेको हो । उत्तर लन्डनमा भने दबाबबाट गुज्रिरहेको टोटनहमले स्विडेनको इल्सबर्गलाई ३–० ले हरायो ।

त्यसमा डानी स्कारलेट, डामोला अजयी र माइक मुरले गोल गरे । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको लिग चरण समाप्तिमा लाजियो १९ अङ्कसहित शीर्षमा रह्यो भने एथलेटिको बिलबाओ १९ नै अंकमा दोस्रोमा रह्यो ।

त्यसपछि शीर्ष आठमा युनाइटेड, टोटनहम, इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स रहे ।

कान्तिपुर संवाददाता

Link copied successfully