काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार थाइल्यान्डविरुद्धको खेलमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको हो ।
थाइल्यान्डको प्रतियोगितामा पहिलो खेल हो । ५ पटक ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलेको हो । तीन राष्ट्रसम्मिलित प्रतियोगितामा थाइल्यान्ड माथिल्लो वरीयताको टोली हो । थाइल्यान्ड विश्व वरियतामा १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छ ।
नेदरल्यान्ड्सले अघिल्लो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो । विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ । सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्ने छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्ने छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिलाको त्रिकोणात्मक अन्तर्राष्टिय प्रतियोगिता आयोजना गरिरहेको छ ।
