सभापति कपको उपाधि संकटालाई

माघ १७, २०८१

कान्तिपुर संवाददाता

The Chairman's Cup title goes to Sankata

काठमाडौँ — संकटाले दशरथ रंगशालामा भएको फाइनलमा बागमतीलाई सडन डेथमा पराजित गर्दै सभापति कपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेलका टाइब्रेकरमा संकटा ४–३ ले विजयी रह्यो ।

संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे । राम थापा र रोशन पहारीले भने गोल गर्न सकेनन् । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र सेने एलेक्सले मात्र गोल गरे । कुलदीप कार्की, रजत तिवारी र गौरव श्रेष्ठ भने पेनाल्टीमा चुके ।

The Chairman's Cup title goes to Sankataनिर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा प्रवेश गरेको हो । त्यस अवधिको खेल पूर्णतः संकटाको पकडमा रहे पनि कुनै गोल भने निस्कन सकेन् । उसको शृंखलाबद्ध आक्रमण निर्णायक सावित भएन ।

The Chairman's Cup title goes to Sankataविजेताले उपाधिसँगै २६ लाख रुपैयाँ पनि हात पारेको छ । उप विजेताले भने १३ लाख रुपैयाँमै चित्त बुझाएको छ । सेमिफाइनलमा संकटाले मछिन्द्रलाई हराएको भने बागमतीले एनआरटीलाई पराजित गरेको थियो ।

The Chairman's Cup title goes to Sankataदुवै सेमिफाइनलको टुंगो पनि सेमिफाइनलमै भएको थियो । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउटको आधारमा सञ्चालन भएको थियो । 

The Chairman's Cup title goes to Sankata

कान्तिपुर संवाददाता

Link copied successfully