सिटी र पीएसजीको सम्भावना कायम

माघ १७, २०८१

कान्तिपुर संवाददाता

City and PSG remain likely

काठमाडौँ — म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा निश्चित गरेका छन् । आर्सननलले सिधा अन्तिम १६ मा प्रवेश पाएको छ ।

इन्टर मिलान, एथलेटिको म्याड्रिड, बायर लेभरकुजन, लिल र एस्टन भिल्ला पनि शीर्ष आठमा स्थान बनाए । लिभरपुल र बार्सिलोना भने शीर्ष दुई स्थानमा रहे । यी आठ टिमले नयाँ ढाँचाको प्ले–अफ राउन्ड खेल्नु पर्ने छैन् ।

एकै दिन एकै समय प्रतियोगिताका १८ खेल भएका थिए । प्रतियोगितामा कायम रहन हार जोगाउनु पर्ने स्थितिमा रहेको सिटीले क्लब ब्रुगलाई ३–१ ले हरायो । पीएसजीले भने स्टुटगार्टमाथि ४–२ को जित रच्यो ।

यस्तै आर्सनललले जिरोनालाई २–१ ले पराजित गर्‍यो । इन्टरले चौथो स्थानमा रहका लागि मोनाकोलाई ३–० ले हरायो भने एटलेटिकोले साल्सबर्गलाई ४–१ ले पन्छाएको हो । लेभरकुजनको २–० जित भने स्पार्टक प्रागविरुद्ध रह्यो ।

शीर्ष आठमा रहने लिल एक मात्र फ्रान्सेली टिम रह्यो र उसले फायनउडनलाई सजिलै ६–१ ले पन्छायो । युरोपको माथिल्लो प्रतियोगितामा ४२ वर्षपछि खेलिरहेको भिल्लाले मोर्गन रोजर्सको ह्याट्रिकमा सेल्टिभलाई ४–२ ले किनारा लगायो ।

एटलान्टा, बोरुसिया डर्टमुन्ड, रियल म्याड्रिड र एसी मिलान सबै शीर्ष आठबाट एक अंकको दूरीमा रहे । प्ले–अफ ड्र मा प्रवेश गर्नेमा पीएसभी आयनहोभन, बेनफिका, मोनाको, ब्रेस्ट, फायनउड, युभेन्ट्स, सेल्टिक, स्पोर्टिङ लिस्वन र क्लब ब्रुग रहे । 

कान्तिपुर संवाददाता

Link copied successfully