विभिन्न खेलका प्रशिक्षक सम्मानित

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Coaches of various sports honored

काठमाडौँ —  गोकर्णेश्वर नगरपालिका–५ स्थित इस्टपोल माविले विद्यालयका विभिन्न खेलका प्रशिक्षकलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा विद्यालय खेलकुद इन्चार्ज सुदर्शन घिमिरे, कराते प्रशिक्षक पुरुषोत्तम पोखरेल, तेक्वान्दोका सोभितमान गिरी, उसुका प्रशिक्षक विशाल सिन्जाली मगर, बास्केटबलका प्रशिक्षक राजेन्द्र लम्साल, भलिबलका प्रशिक्षक ठूलोभाइ श्रेष्ठ, मदन भण्डारी स्कुलका कराते प्रशिक्षक सन्दीप बञ्जरालगायत छन् । उनीलाई विद्यालयका अध्यक्ष ईश्वर सापकोटा, डाइरेक्टर कुशल थापालगायतले सम्मानपत्र प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully