नेरिक र सनसाइन सेमिफाइनल प्रवेश

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Neric and Sunshine enter the semi-finals

काठमाडौँ — नेरिक एकेडेमी १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनल तय गरेको छ । बुधबार आयोजक इनोभेटिभको कोर्टमा नेरिकले १७–१० ले पराजित गर्दा नेरिकका सविन खत्रीले १४ स्कोर गरेका थिए ।

जुनियर ब्वाइजमै सनसाइनले इनोभेटिभलाई २१–१३ र केयर इङलिसले काठमाडौं जेभियर्सलाई २४–१४ ले हराए । सनसाइनका आयुश बोहराले ८ र केयरका उत्सव सिग्देलले १४ स्कोर गरे ।

सिनियर ब्वाइजमा मातृभूमिले काठमाडौं जेभियसलाई ४१–२५ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो । मातृभूमिका नविनतम खड्काले १७ स्कोर जोडे । केएमसीले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ४७–४२ ले पन्छायो । केएमसीका स्वीकारले २८ स्कोर जोडे ।

गर्ल्समा मातृभूमिले नेपाल मेगालाई १५–८ र केएमसीले एआईएलाई २८–१५ स्कोरले पराजित गरे । मातृभूमिकी साइजा श्रेष्ठले ९ र केएमसीकी आकृषाले १६ स्कोर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully