दिक्तेल स्कुललाई रनिङ सिल्ड

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Running Shield to Diktel School

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङले जितेको छ । दिक्तेलले प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कांस्य पदक जितेको थियो ।

दिक्तेलका खेलाडीले करातेमा ९, तेक्वान्दोमा ५, एथलेटिक्समा ३ र कबड्डीमा एक स्वर्ण जितेको छ । करातेमा ५, तेक्वान्दोमा ५, एथलेटिक्समा ७, भलिबलमा एक रजत तथा करातेमा ८, तेक्वान्दोमा ८ र एथलेटिक्समा ४ कांस्य जित्यो ।

सरस्वती मावि १० स्वर्ण, १० रजत र ११ कांस्य पदक प्राप्त गरी दोस्रो भयो । करातेमा ३, भलिबलमा १ र एथलेटिक्समा ६ स्वर्ण जितेको छ । जनजागृति मावि तेस्रो भएको छ । ९ स्वर्ण, ६ रजत र ५ कांस्य पदक प्राप्त जितेको हो । तेक्वान्दोमा ७, एथलेटिक्समा एक र कबड्डीमा एक स्वर्ण जितेको थियो ।

जालपा माविले फेयर प्ले ट्रफी जित्यो । मार्चपासमा श्रीमावि बास्बोटे उत्कृष्ट भयो । ३ सय १८ पदकका लागि भएको प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका २१ सामुदायिक र तीन संस्थागत विद्यालय प्रतिस्पर्धी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully