इनोभेटिभ कपमा ज्ञान र केएमसीको जित

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Gyan and KMC win the Innovative Cup

काठमाडौँ — ज्ञान निकेतन र केएमसी मंगलबार १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी भएका सिनियर ब्वाइजमा ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ५३–४० स्कोरले पराजित गर्‍यो । ज्ञानका सवाज मन्सुरले २५ स्कोर जोडे । केएमसीले आयोजक इनोभेटिभ ‘बी’ लाई २३–१६ ले हराउँदा स्वीकारले ७ स्कोर गरे ।

सिनियर ब्वाइजमै स्पान्डलले रेडियन्ट रिडर्सलाई ३७–२०, मातृभूमिले नेपाल मेगालाई ४०–२० र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले काभ्यालाई ३६–२० स्कोरले पराजित गरे । स्पान्डलका रोशन कार्कीले १०, मातृभूमिका प्रसिद्ध कर्माचार्यले १० र एआईएका बिटेन ज्ञवालीले १४ स्कोर जोडे ।

जुनियर ब्वाइजमा इनोभेटिभले काभ्यालाई १०–४ र ज्ञान निकेतनले डाफोडिललाई २०–१४ ले हराए । इनोभेटिभका फणिन्द्रले ८ र ज्ञान निकेतनका करण राईले १० स्कोर गरे ।

गर्ल्समा मातृभूमिले इनोभेटिभलाई १५–८, रिब्सले एआईएलाई २९–१५ र ज्ञान निकेतनले केएमसीलाई ११–१० ले पाखा लगाए । मातृभूमिकी अध्येताले ६, रिब्सकी सुप्रिया मल्लले १७ र ज्ञान निकेतनकी आकृति मगरले ४ स्कोर जोडेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully