बीकेएसपी एथलेटिक्समा नेपाली खेलाडीलाई चार पदक

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Four medals for Nepalese athletes in BKSP athletics

काठमाडौँ — छैटौं आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मंगलबार एक रजत र तीन कांस्य पदक जितेका छन् ।

ढाकामा भएको च्याम्पियनसिपमा १८ वर्षमुनिका खेलाडी प्रतिस्पर्धारत छन् । ब्वाइज ११० मिटर हर्डल्समा शैलेश श्रेष्ठले रजत दिलाएका थिए । गर्ल्स ८०० मिटर दौडमा अस्मिता भुजेलले कांस्य र लङजम्पमा निशा घर्तीले पनि कांस्य जितेका थिए । अस्मिता, निशा, शैलेश र सन्त कुमार दराईसम्मिलित नेपाली टिमले चार गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेको थियो ।

च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीले भाग लिएका छन् । अन्य इभेन्टको खेल बुधबार हुनेछ ।

च्याम्पियनसिपको पाँचौं संस्करणमा नेपाली खेलाडी विश्वराम कुँवर र सीमा श्रेष्ठले नेपाललाई कांस्य दिलाएका थिए ।

कान्तिपुर

Link copied successfully