काठमाडौँ — लिसान्ड्रो मार्टिनेजको प्रहार डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई १–० ले हराएको छ र तीन बहुमूल्य अंक बटुलेको छ ।
क्राभेन कटेजमा भएको खेलको ७८ औं मिनेटमा एक मात्र गोल सम्भव भएको हो । यस जितसँगै युनाइटेडको २९ अंक भएको छ र १२ औं स्थानमा उक्लेको छ । फुलहम भने ३३ अंकमा दसौं स्थानमा छ ।
अन्य खेलमा लेस्टर सिटीले टोटनहम तथा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई समान २–१ ले हरायो । यस्तै एस्टन भिल्ला र वेस्ट ह्यामले १–१ को बराबरी खेले । हारले टोटनहममाथि चर्को दबाब सिर्जना भएको छ । टिम २४ अंकमा १५ औं स्थानमा छ ।
