काठमाडौँ — तेजस्वी एकेडेमी र सत्य साईले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् ।
तेजस्वीले आयोजक ज्ञान संस्कारलाई ९–६ स्कोरले पराजित गर्यो । तेजस्वीकी मुस्कान अधिकारीले ६ स्कोर जोडिन् । सत्यसाइले टीआईएलाई १८–१२ ले हरायो । सत्यसाइकी मिस्ती श्रेष्ठले ८ स्कोर गरिन् ।
इडेन ब्रिज एकेडेमी (ईबीए) ले बौद्ध चिल्ड्रेन हेभेनलाई २२–२०, काष्ठमण्डपले एन्जल्स हार्टलाई १२–१०, फेरिल्यान्डले बागमतीलाई २४–१९ र बागमतीले न्युटनलाई २५–१९ ले हराए । ईबीएकी अनामिका पटेलले १९, काष्ठमण्डपकी श्रीयाशी सिंहले ६, फेरिल्यान्डकी करुणा बोगटीले १६ र बागमतीकी स्मृति पोखरलले १३ स्कार जोडे ।
जुनियर ब्वाइजमा भद्रकालीले नेचरलाई २०–१६, रिलायन्सले फ्युजनलाई ३३–२९, एन्जल्स हार्टले रिलायन्स पब्लिकलाई ३८–३२ र ग्रिनलन्जले ग्रिनल्यान्डलाई २७–२२ ले पन्छाए । भद्रकालीका देवाशीष ओलीले ११, रिलायन्सका प्रिजन कार्कीले ११, एन्जल्स हार्टका रुपेश पौडेलले २४ र ग्रिनलन्जका रोजन रम्तेलले ६ स्कोरको योगदान गरेका थिए ।
