काठमाडौँ — आयोजक इनोभेटिभ स्कुलले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार दोहोरो जित पाएको छ । पुजन श्रेष्ठको १० स्कोरको सहयोगमा इनोभेटिभ ‘ए’ ले रेडियन्ट रिडर्सलाई २९–१० स्कोरले हरायो । रिजन खरेलको ४ स्कारे गर्दा इनोभेटिभ ‘बी’ ले काभ्यामाथि ९–४ को जित पायो ।
सिनियर ब्वाइजमै हिमालीले स्पान्डल पब्लिकलाई ३६–२९ र डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले क्याम्पियन काठमाडौंलाई ५०–१५ ले हराए । हिमालीका सुदीप श्रेष्ठले २० र ज्ञानका दिप्सन अधिकारीले १७ स्कोर जोडे ।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले सनसाइनलाई १०–५, नेरिकले काभ्यालाई २६–४, केयर इङ्लिसले डाफोडिललाई ३०–७ र ज्ञान निकेतनले मोडर्नलाई २१–६ ले हराए । एआईएका आदित्य बुढाले ४, नेरिकका सविन खत्रीले १५, केयरका रन्जित श्रेष्ठले १२ र ज्ञान निकेतनका करण राईले ९ स्कोर गरे ।
सिनियर गर्ल्समा रोजबडले इनोभेटिभलाई २०–१८ र ज्ञान निकेतनले एआईएलाई १४–४ ले हराए । रोजबडकी स्वच्छता र ज्ञानकी यशोदा गजमेरले ४–४ स्कोर गरेका थिए ।
