टाइगर कप भलिबलः हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित 

माघ १३, २०८१

दीपक परियार

Tiger Cup Volleyball: India's Sunil Volleyball Club wins over Help Nepal

पोखरा — एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गरेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौंथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully