फ्रेन्ड्सलाई हराउँदै एनआरटी अन्तिम चारमा

माघ १३, २०८१

कान्तिपुर संवाददाता

NRT into the last four, defeating Friends

काठमाडौँ — कप्तान अञ्जन विष्टको उत्कृष्ट दुई गोलको मद्दतले एनआरटीले फ्रेन्ड्स क्लबलाई आइतबार ३–१ ले पराजित गर्दै सभापतिकपको अन्तिम चारमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको अन्तिम क्वाटरफाइनलका चारै गोल सानदार रहे ।

अब अन्तिम चारको खेलमा एनआरटीले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशको सामना गर्नेछ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा संकटाले मछिन्द्रको सामना गर्नेछ र यो खेल सोमबार हुनेछ ।

दोस्रो सेमिफाइनल मंगलबार हुनेछ । त्यसमै प्रवेशका लागि अञ्जनले १९ औं मिनेटमा गोलको खाता खोले । उनले २४ औं मिनेटमा हेडबाट दोस्रो गोल थपे । रिचर्डसन विल्सनले दोस्रो हाफ सुरु भएलगत्तै तेस्रो गोल थपे ।

खेलको ८१ औं मिनेटमा फ्रेन्ड्सले एक गोल भने फर्कायो र यो  कप्तान विवेक पौडेलको नाममा रह्यो । यससँगै खेलले रोमाञ्चक मोड लिएको थियो, तर थप गोल भने भएन ।

कान्तिपुर

Link copied successfully