युभेन्ट्सको अविजित यात्रामा नेपोलीको पूर्णविराम

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Napoli end Juventus' unbeaten run

काठमाडौँ — रोमेलु लुकाकुले पेनाल्टीबाट गरेको निर्णायक गोलको मद्दतले नेपोलीले इटालीको सिरी ए मा शनिबार युभेन्ट्सलाई २–१ ले हराएको छ । यससँगै लिगमा युभेन्ट्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

नयाँ प्रशिक्षकका रूपमा थिएगो मोटो आएयता लिगका २१ खेलमा युभेन्ट्स पराजित रहेको थिएन् । रन्डल कोलो मुनीकै गोलले युभेन्ट्सले नेपल्समा अग्रता लिएको थियो । फ्रान्क एन्गजुइसाले५७ औं मिनेटमा नेपोलीका लागि बराबरी गोल फर्काए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा लुकाकुले निर्णायक गोल गरे । यो सिजन उनको यो नवौं गोल हो । यो जितपछि नेपोलीले लिग तालिकाको शीर्षमा आफ्नो अग्रतालाई छ अंक पर्‍याएको छ । उसको २२ खेलबाट ५३ अंक भएको छ । 

कान्तिपुर

Link copied successfully