शीर्षमा लिभरपुलको छ अंकको अग्रता कायम

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Liverpool remain six points clear at the top

काठमाडौँ — कोडी गाक्पोले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार इपस्विच टाउनलाई ४–१ ले हराएको छ र यससँगै शीर्ष स्थानमा आफ्नो छ अंकको अग्रतालाई कायम राख्यो ।

पहिलो हाफमै तीन गोल गरेपछि लिभरपुलको आरामदायी जित सम्भव भएको हो ।

उसका लागि डोमिनि सबोसलाई र मोहमद सलाहले पनि गोल गरे । दोस्रो स्थानमा रहेको आर्सनलले अर्को खेलमा उल्भ्सलाई १–० ले पराजित गर्‍यो । दस खेलाडीमा सीमित रिकार्डो कालाफिरीले ७४ औं मिनेटमा एक गोल गोल गरे ।

यस्तै बर्नमाउथले नटिङघम फरेस्टलाई ५–०, एभरटनले ब्राइटनलाई १–० र न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई ३–१ ले हरायो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले भने चेल्सीलाई ३–१ ले पराजित गर्‍यो ।

आर्सनलको ४७ अंक भएको छ भने फरेस्ट ४४ अंकमै कायम रह्यो । यस्तै सिटी र न्युकासल समान ४१ अंकमा छन् । 

कान्तिपुर

Link copied successfully