काठमाडौँ — मछिन्द्र क्लबले सर्वाधिक पुरस्कार राशिको सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपीएफ क्लबलाई १–० गोलले पराजित गरेको हो । त्यसमा सनिश श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
यो दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा सम्भव भएको गोल हो । विमल घर्तीमगरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा पुनरागमन गरेका छन् । उनले अन्तिम पटक एक वर्ष अगाडि नेपालमा खेलेका थिए । उनी अस्ट्रेलियाबाट मछिन्द्रका लागि खेल्न आएका हुन् ।
अब फाइनल पुग्नका लागि मछिन्द्रले संकटासँग खेल्नेछ ।
