इनोभेटिभ बास्केटबलको १० औं संस्करण अर्को साता  

माघ ११, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — इनोभेटिभ स्कुलको आयोजनामा १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबार सुरु हुनेछ ।

प्रतियोगितामा विभिन्न ३ विधामा १८ विद्यालयका ३२ टिमको सहभागिता रहने इनोभेटिभका प्रिन्सिपल विजय थापाले शुक्रबार पत्रकार सम्मेलनमा बताए । सिनियर ब्वाइजमा १४, सिनियर गर्ल्समा ८ र जुनियर ब्वाइजमा १० टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

सिनियरमा ज्ञान निकेतन र गर्ल्समा भ्याली पब्लिक साबिक विजेता हुन् । इनोभेटिभका बास्केटबल प्रशिक्षक आशिष बस्नेतले त्यतिबेला  जुनियर ब्वाइजको स्पर्धा समावेश नभएको बताए ।

कोभिडलगायत विविध कारणले २०७६ यता प्रतियोगिता हुन नसकेको प्रिन्सिपल थापाले बताए । प्रतियोगिताका खेल आयोजकको आफ्नै कोर्टमा हुनेछ । फाइनल माघ २० सम्म चल्नेछ ।

कान्तिपुर

Link copied successfully